प्रधानमन्त्री ओलीमाथि सचिवालयमा उठ्ने पाँच प्रश्न


काठमाडौँ। नेकपाका केही नेताहरु प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले पार्टीको विधानलाई बारम्बार उल्लंघन गरेको आरोप लगाउँछन्।

प्रधानमन्त्री ओलीले नै पत्र युद्धको फायर खोलेको उनीहरुको आरोप छ। मुख्यत पार्टी विधि, पद्दतिको उल्लंघनको सुरुवात ओलीबाट भएका कुरा अबको बैठकमा मुख्य प्रश्न बन्ने देखिन्छ।

अबको बैठकमा ओलीसँग विधि र पद्धतिका बारेमा उठ्ने प्रश्न

-ओलीको १० पेज लामो पत्र कुन सचिवालय बैठकमा छलफल भएको हो ? कुन नेतासँग परामर्श गरेर आएको हो ?

-कर्णाली प्रदेशमा आफ्नै मुख्यमन्त्रीविरुद्ध यमलाल कँडेललाई अगाडि सारेर अविश्वासको प्रस्ताव कोसँग सल्लाह गरेर ल्याएकाे हाे ?

-कर्णाली समस्या उत्पन्न भएपछि त्यहाँको मुख्यमन्त्रीलाई आफु एक्लैले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भनेर हस्ताक्षर गरेर पत्र किन पठाएकाे ?

-स्वयं प्रधानमन्त्री तथा एक पार्टी अध्यक्षले धमाधम हस्ताक्षर गरेर पत्र लेख्न थालेपछि अर्का अध्यक्षले हस्ताक्षर गरेर चिठी पठाउँदा प्रचण्डले किन पठाइस् भन्न मिल्छ?

-आफू पहिला सहमति भंग गर्ने अनि अर्कोले प्रश्न गर्दा उत्तेजित हुने कुरा राजनीतिक रुपमा मिल्छ?