रास्ट्रपतिसङ्गको भेटपछि चिनियाँ रक्षामन्त्री स्वदेश फिर्ता


काठमाडौँ। चिनियाँ रक्षामन्त्री वेई फेङ्हे स्वदेश फर्किएका छन्। एक दिने नेपाल भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्। भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेर उनी स्वदेश फर्किएका हुन्।

आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका उनको स्वागतमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेङ्हे नेपालीस्थित चिनियाँ दूतावासमा पुगेका थिए।

त्यसपछि नेपाली सेनाको जंगीअड्डा पुगेका उनलाई सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो।                                                               तस्बिर: मुकुन्द कालिकोटे