प्रचण्ड कि सुध्रिनुपर्छ कि सकिनुपर्छ: सुनिता बराल


काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय नेता सुनिता बरालले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सहयात्रामा देशको विकास र समृद्धि सम्भव नरहेको स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जाल फेशबुक मार्फत नेता बरालले अध्यक्ष प्रचण्डमाथि संगीन आरोप लगाउँदै कि सुध्रिनु पर्छ कि सकिनु पर्ने बताएकी हुन्। उनले लेखेकी छन्, ‘शुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न अध्यक्ष प्रचण्डले पारिवारिक मोह र अस्थिर प्रवृत्ति सुधार्नुपर्छ कि सकिनुपर्छ। अन्यथा प्रचण्डसङ्गको सहयात्रा गरेर समृद्धिको सपना देख्नु बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नू जस्तै छ।’

नेता बरालले प्रधानमन्त्री केपी ओलीको बचाउ गर्दै बयगाडा कथनको बारेमा थप प्रष्ट पारेकी छन्। उनले भनेकी छन्, ‘तत्कालीन समयमा गणतन्त्रको लागिः बिधानमा राजसंस्था लेखेर गणतन्त्रको झुटो आन्दोलनमा सहभागी हुने काङ्ग्रेस कि सक्किनु पर्थ्यो कि सुध्रनु पर्थ्यो। काङ्ग्रेस सुध्रीयो र बिधानबाट राजतन्त्र फालेर सहयात्रा गर्दा गणतन्त्र सम्भब भयो।’

उनले अगाडि लेखेकी छन्, ‘त्यसै गरि शुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरागर्नः पारिबारिक मोह र अस्थिर प्रचण्ड कि सुध्रनुपर्छ कि सकिनुपर्छ। अन्यथा प्रचण्डसङ्गको सहयात्रा गरेर समृद्धिको सपना देख्नु बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नू जस्तै छ। बयलगाडा कथन र आजको सान्दर्भिकता।’

सरकारको नेतृत्व गरिरहेको नेकपा यतिखेर आन्तरिक विवादको चर्मोत्कर्षमा पुगेको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का कार्यकारी अध्यक्ष प्रचण्डका बीचमा पत्रयुद्ध चलिरहेको छ। एकले अर्कालाई संगीन आरोप लगाइरहेका छन्। तल्लो तहका कार्यकर्ताहरु समेत नेतृत्वको खुलेर विरोध र समर्थन गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

ओलीद्वारा प्रचण्डको प्रस्ताव खारेज (पूर्णपाठसहित)

प्रचण्डमाथि ओलीका १७ वटा गम्भीर आरोपसहितका प्रश्न