आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु



काठमाडौँ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ। ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ। छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए।

घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।