चिनियाँ रक्षामन्त्री काठमाडौँमा



काठमाडौँ। चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँ आइपुगेका छन्। नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौँ आएका हुन्।

उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन्। एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ।

चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन्। भ्रमण पुरा गरेर वेई आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

तस्बिरः मुकुन्द कालिकोटे