अनेरास्ववियूका नेतालाई पुस्तान्तरण गरेर देखाउन श्रीकृष्णको चुनौती



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पुस्तान्तरणको मुद्धा जोड तोडका साथ उठि रहेको छ।

प्रधानमनत्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुस्तान्तरणको मुद्धालाई आफ्नो मुल मुद्धा बनाएको पाईन्छ। त्यस्तै नेकपाका विभिन्न भ्रातृ संगठनहरुका नेताहरुले पनि प्रधानमन्त्री ओली मुद्धालाई प्रचार गरिरहेको पाईन्छ। मंसिर ३ गते प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई बुझाएको प्रस्तावको जवाफमा पनि पुस्तान्तरणको कुरा उल्लेख गरिएको छ। ओलीले आफूले सत्ता र नेतृत्व दोस्रो तहका नेतालाई हस्तान्तरण गर्ने मनासाय देखाएको पाईन्छ।

यस्तै सन्दर्भमा अनेरा स्ववियूका नेता एवं ‘आरआर‘ क्याम्पसका स्ववियु उप-सभापति श्रीकृष्ण उप्रेतीले भने फरक विचार अघि सोरेका छन्। उनले आधा शतक पुगेका नेताहरु अनेरास्वयिूमा जुका जस्तै टाँसिएको स्मरण गर्न सबैमा अनुरोध गरेका छन्।

पुस्तान्तरणको कुरालाई लिएर अनेरास्ववियूका ५० वर्ष पुग्न लागेका नेताहरुले समर्थन गर्दै गर्दा आफू रहेको संगठनको अवस्था हेर्न नेता उप्रेतीले आग्रह गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेशबुक मार्फत लेखेका लेखेका छन्,‘आधा शतक उमेर पुग्न लागेका विद्यार्थी नेताहरुले पनि पुस्तान्तरण पुस्तान्तरण भनेर चिच्याएको देख्दा उदेक लाग्यो।’

पार्टीका नेताहरुलाई पुस्तान्तरण गर्न आवश्यकता रहेको देख्ने अनेरास्ववियूका नेताहरुले हिम्मत भए आफैबाट सुरु गर्न नेता उप्रेतीले चुनौती दिएका छन्। तर्फशलि विद्यार्थी नेताका रुपमा परिचय बनाएका उप्रेतीले भनेका छन्, ‘हिम्मत भए आफैबाट सुरु गर्नुहोस्। अनेरास्ववियू छोडेको घोषणा गर्नुहोस्। अनि पार्टी हाँक्न योग्य छु भनेर दाबी गर्नुहोस्। नत्र नाटक धेरै भयो।’

त्रिवीमा स्ववियू निर्वाचनका लागि र नेपाली कांग्रेस निकट नेविसंघमा उमेरको हदबन्दि लगाइएको छ। स्ववियूतर्फ उमेर हदबन्दि कार्यन्वयन भएपनि नेविसंघमा उमेरहदको कार्यन्वयन हुन सकेको छैन। अनेरास्ववियूमा उमेरहदको मसिनो बहस उठेता पनि नेता उप्रेतीलेझैं चुनौतीकासाथ अनेरास्ववियूका आधा शतक पुग्न लागेका मुख्य नेताहरुको उमेरमाथि कसैले धावा बोलको पाईँदैन।

साथै अनेरास्ववियूका केन्द्रीय नेताहरुले पार्टीमा आफूहरुको आवश्यकता महसुस गरेको र हामी सक्षम छौँ‌ भन्न सकिरहेको अवस्था छैन। विद्यार्थी राजनीतिभन्दा माथि उठेर पार्टीको नेतृत्व लिन र पुस्तान्तरणको मुद्धालाई ब्यवहारमा उतार्न नेता उप्रेतीले अनेरास्ववियूका केन्द्रीय नेताहरुलाई चुनौती दिएका छन्।