‘महिलाले महिला बन्न छाडेको दिन समाजले हेर्ने दृष्टिकोण भष्म हुनेछ’



काठमाडौँ। नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले वर्तमान समयमा महिलाहरुले पाएको न्यायभित्र पनि समस्या बाँचिरहेको स्पष्ट पारेकी छन्।

नायिका थापाले शनिबार सामाजिक सञ्जाल मार्फत हाल कैयौ महिलाको पक्षमा देखिने समाधानभित्र पनि समास्या बाँचिरहेको स्पष्ट पारेकी हुन्। उनले महिलालाई हेर्ने पाँचवटा खराब नजरियाहरु भएको समेत उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘महिलालाई हेर्ने खराब नजरियाहरु: शास्त्र, पार्टी, समाज, संस्कृति र शिक्षासमेत हुन्। चरित्र, आज्ञाकारी, शुशिल हुन्छु भन्ने घोषणापत्र घाटिमा झुण्ड्याएर हिडाउन चाहन्छ समाज। महिला बन्नको लागि अरुका आँखाबाट पारित गराउन खोज्नु सामाजिक कायरता हो।’

उक्त सामाजिक कायरताले महिलाको स्वतन्त्र जीवनसँग डराएर शारीरिक तथा चारित्रिक रुपमा आक्रमण गरिरहेको हुने नायिका थापाको भनाई छ। उनले भनेकी छन्,‘समाजको कायरता जो एउटा महिलाको स्वतन्त्र जीवनसँग डराएर, मानसिक, चारित्रिक र शारीरिक आक्रमण गर्दछ।’

त्यस्तै महिलाले महिला बन्न छोडेको दिन समाजको उक्त दृष्‍टिकोण आफै भष्म हुने नायिका थापाको विश्वास छ। उनले अगाडि लेखेकी छन्, ‘महिलाले महिला बन्न छोडेको दिन समाजको यो दृष्‍टिकोण आँफै भष्म हुन्छ। आफू भष्म हुने डरले केही कमजोर पात्र खोजेर महिला बन्ने तालिम चलाउँछ समाज। तर, हामीले बुझ्नु पर्ने कुरा के छ भने कैयौ महिलाको पक्षमा देखिने समाधानभित्र पनि समस्या बाँचिरहेका छन्।