सिद्धार्थ बालगृह पुग्यो मिलिजुली टिकटक परिवार



काठमाडौँ। भदौ अन्तिम साता निर्माण भएको मिलिजुली टिकटक परिवारले मंसिर ११ गते भैरहवास्थित सिद्धार्थ बालगृह पुगि नगद ३५ हजार ९ सय २३ रुपियाँ आर्थिक सहयोग गरेको छ।

मिलिजुली टिकटक परिवारले बालगृहमा आश्रति रहेका बालबालिकाहरुलाइ सहयोग पुग्ने उदेश्यले उक्त रकम बालगृहकी अध्यक्ष कृष्ण कुमारी गुरुङलाई हस्तान्तरण गरेको थियो।

मिलिजुलि परिवारकी संरक्षक रारा सैजुको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा मिलिजुली परिवारका फाउन्डर राजन कडेल साथै परिवारका सदस्य माधव भट्टराईलगायत मिलिजुली टिकटक परिवारक १ दर्जन भन्दा बढी सदस्य को उपस्थिति रहेको थियो।

एक दशक अगाडि देखि भैरहवामा संचालनमा रहेको सिद्धार्थ बालगृहमा हाल १९ जना बालबालिका आश्रति रहेको बालगृहकि अध्यक्ष कृष्णकुमारी गुरुङले बताए। आगमी दिनहरुमा समाजिक कार्यमा सदाबाहर रुपमा लागि पर्ने परिवारका सदस्य माधव भट्टराईले बताए।