बागमति प्रदेश समितिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बागमती प्रदेश समितिको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

शनिबार राजधानीको ठेमेल स्थित आर्यतारा होटेलमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका प्रर्व अध्यक्ष चन्द्र शर्मा प्रमुख अतिथिका रुपमा उपस्थित भथिए। कार्यक्रममा शर्मासँगै प्रतिष्ठानका तर्फबाट उपाध्यद्वय राधिका हमाल र दिपक खड्का, सचिवद्वय कृष्ण रेउले र रमेशराज भट्टराईको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा प्रदेश समितिका सल्लाहकार, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लमसाल, विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुका साथै प्रदेश कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

वागमति समितिका अध्यक्ष बासु सिंखडाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालनको भूमिकामा समितिका सचिव अमृत खाँती रहेका थिए।