यस्ता समस्याको उपचारका लागि ‘ज्वानो पानी’


काठमाडौँ। खानाको स्वाद बढाउन ज्वानोको प्रयोग गर्ने गरिन्छ। खानाको स्वाद मात्रै होइन ज्वानोले शरीरमा विभिन्न प्रकारका फाइदा पुर्याउँछ। ज्वानोको दाना भिजाएर यसको पानी सेवनले विभिन्न फाइदा पुर्याउँछ।

एसिडिटी

ज्वानोले एसिडिटी कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ। ज्वानोलाई भिजाएर अदुवाको धुलोसँग सेवन गर्दा पेट फुल्ने समस्या कम हुन्छ।

दम

ज्वानोले शरीरमा भएको बलगम सफा गर्छ। यसले चिसो र रुघाखोकीबाट राहत दिन्छ । यसले दम र ब्रोङ्काइटिसको उपचारमा मद्दत गर्छ। दिनमा दुई पटक गुडसँग ज्वानो खाने गर्नुपर्छ। यदि चिसो लाग्छ भने ज्वानोलाई तातो पानीमा हालेर पनि सेवन गर्न सकिन्छ।

अनियमित महिनावारी

एक चम्चा ज्वानो, थोरै गुड र २०० मिलिलिटर पानी उमालेर खाली पेटमा हरेक दिन बिहान खाने गर्दा महिनावारी नियमित हुने गर्छ।

तौल कम गर्न

खाली पेटमा हरेक दिन ज्वानोको सेवनले पेटमा लाग्ने बोसो कम गर्छ। हरेक बिहान एक चम्चा ज्वानोको पानी खान सकिन्छ।

दाँतको दुखाई

दाँतको दुखाई कम गर्न ज्वानो जादु नै हो। यसमा जैतुनको तेल र पानीसँग ज्वानो मिसाउने र दाँत दुखेको ठाउँमा लगाउने यसले दाँतको दुखाई, मुखको दुर्गन्ध पनि कम गर्छ।

फ्लुमा दालचिनीको पाउडरसँग उमालेर खाने गर्नुपर्छ। पखाला लाग्दा दिनमा दुई पटक ज्वानो खाँदा कम हुन्छ। साथै, ज्वानो हालेर तेल तताउने र उक्त तेलले मसाज गर्दा जाडोमा शरीर दुख्ने समस्या कम हुन्छ।