अविनाशको ‘ओई काली’ बोलको गीत बजारमा



काठमाडौँ। गायक अविनाश थापा मगरको प्रस्तुतीमा ‘ओई काली’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ। यस अघि गायक थापाको ‘हे ठूली’ बोलको कौरा गीत चर्चामा रहेको थियो।

गायक थापाको शब्द संगीतमा तयार पारिएको गीतमा स्वयं थापा र मेलिना राईको समुधुर आवाज रहेको छ। पवन वाङको संगीत संयोजक रहेको गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन्।

सुरेश श्रेष्ठको छायांकन तथा विष्णु शर्माको सम्पादन रहेको गीतमा करिश्मा ढकाल र सन्तोष थापा मगरको अभिनय देख्न पाईन्छ।

भिडियो हेर्नुहोस्