‘प्रधानमन्त्री ओलीको प्रतिगमन निस्तेज पारौं’



काठमाडौँ। सत्तारुढ नेकपाभित्रको विवादले उग्ररुप लिएको अवस्था छ। उक्त पार्टीको आन्तरिक विवाद सहतमा पुग्दा जनतामा निराशा र विभिन्न संसयहरु पैदा भइरहेका छन्।

प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले स्वेच्छाचारी रुपमा सरकार चलाएको आरोप खेपिरहेका छन्। साथै उनीमाथि संघीयता र गणतन्त्र विरोधीको आरोप पनि छ। त्यस्तै भ्रष्टदेशको पहिलो स्थानमा नेपाल परेपछि ओली सरकारको चर्को विरोध भइरहेको छ।

यस्तै सन्दर्भमा अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले परिवर्तनको एजेण्डा अरुको तर व्यवस्थाका विरोधीको हातमा सत्ता पुगेको हुँदा आजको अवस्था आएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिवर्तनका एजेण्डा अरुकै, व्यवस्था बदलेका अरुले नै। तर, एजेण्डा र व्यवस्थामा असहमत व्यक्तिको नेतृत्व हुँदा आउने परिणाम यहि थियो।’

तामाङले नियोजित रुपमा गणतान्त्रिक व्यवस्थालाई असफल बनाउने प्रतिगामी कदम र प्रयासहरुलाई निस्तेज पार्न अनुरोध गरेका छन्। उनले अगाडि लेखका छन्, ‘नियोजित रुपले ब्यवस्था असफल पारेर प्रतिगामी खाडो जगाउने दुष्प्रयास निस्तेज पारौं।’

मंसिर ३ गते नेकपाका कार्यकारी अध्यक्ष प्रण्चड-नेपाल पक्षका नेताहरुले ओलीमाथि संगीन आरोपसहितको राजनीतिक प्रस्ताव बुझाएका थिए। उक्त कदमपछि ओली पक्षका नेता कार्यकर्ताहरुले चितवनमा डा. सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गरेका थिए।

यता अनेरास्ववियूका संयोजक ऐन महरले प्रचण्डले राजनीतिक प्रस्ताव नभएर आरोप पत्र बुझाएको भन्दै उक्त कदमको सामना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

यो पनि पढ्नुहोस्

‘प्रधानमन्त्रीलाई बुझाएको आरोप पत्र प्रकाशन गर्नु अवैधानिक कार्य हो’