कोराेना खोप प्रदानका लागि भारतको प्राथमिकतामा नेपाल


काठमाडौँ। भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार रहेको बताएको छ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीसँगको भेटपछि भारत विश्वको सबैभन्दा धेरै भ्याक्सीन उत्पादन गर्ने मुलुक भएको समेत बताए।

उनले भने, ‘जब भ्याक्सिन तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता हुनेछ।’ उनले कोरोनाको सम्बन्धमा नेपाल र भारतको बीचमा अझ नजिकको सहकार्य गर्नुपर्ने बताए।

उनले विगतदेखि अहिलेसम्म ‘कोभिड–१९’ लाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको बताएका थिए। उनले भने, ‘हामीले कोभिडको खोपको सम्बन्धमा अहिलेसम्म भएका प्रगतीहरुको बारेमा छलफल गयौं।’