‘उत्पीडित वर्गको न्यायका लागि कानूनी व्यवस्था आवश्यक’


जुम्ला। लैंगिक हिंसा सम्बन्धी १६ दिने अभियानको जुम्लामा उद्घाटन गरिएको छ।

‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मुल नाराको साथ चन्दन्नाथ नगरपालिकाले पनि अभियान को उद्द्घाटन गरेको हो। नोभेम्बर द्दछ देखि डिसेम्बर ज्ञण् सम्म संचालन हुने अभियान मा बोल्दै नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले महिलावादीका कुरा मात्र होइन लैङ्गिक हिंसाका कुरागर्दा महिला पुरुष भन्ने बुझ्नुपर्ने बताईन।

मेयर सेजुवालले हिजोका दिनहरुभन्दा पछिल्ला वर्षहरुमा हिंसात्मक घटनाहरु वृद्धि भएको बताईन। मेयर सेजुवालले भनिन्, ‘अघिल्ला वर्षहरुभन्दा पछिल्ला वर्षहरुमा महिला हिँसाका घटनाहरु बढिरहेका छन्। शिक्षा, स्वास्थ्य, चेतना र सूचनाको कर्मीले यस्ता खाले घटनाहरु निरन्तर बढिरहेका छन्।’

मेयर सेजुवालले उक्त कार्यक्रमको उद्घाटन गर्दै गरिबी बेरोजगारी र रोग, भोकले नेपाली समाजमा अझै घरेलु हिंसा बढेको दाबी गरिन्। उनले महिला अधिकार स्थापित, स्वार्थका लागि मात्रै नभएर उत्पीडनमा परेका लिंगभेद तेर्सो लिङ्गी र समान्ताका लागि नीति तथा कानून निर्माण गरि कार्यवनमा बढि जोड दिनुपर्ने बताइन्।

त्यसै अवसरमा नगरपालिकाले १० वटै वडाका नागरिकलाइ समेटेर रेडियो अन्तर्कृया गर्ने तथा नगरस्तरिय हाजिरि जवाफ प्रतियोगिता गर्ने भएको छ।