‘रत्नपार्कको नाम फर्नेले बसपार्कमा खाना कुरिरहेका नागरिकको अवस्था फेर्नु पर्दैन?’



काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले रत्नपार्कको नाम परिवर्तन गर्नुपर्छ भन्नेहरुले खुला मञ्चमा खाना पर्खेका मानिसहरुलाई देख्छन् कि देखेर पनि नदेखेझैं गर्छन् ? भन्दै प्रश्न गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेशबुक मार्फत नायिका थापाले इतिहास बोकेको रत्नपार्कको नाम फर्ने र नफेर्ने ध्याउन्नमा लागि परेकाहरुले छेउकै बसपार्कमा खाना पर्खेका नागरिकहरुका लागि कस्ले बोल्ने? भन्दै प्रश्न गरेकी हुन्।

उनले लेखेकी छन्, ‘रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहँदा, छेउकै बसपार्कको भुइमा बसेर खाना पर्खेका गरीव निमुखाको बारेमा बोल्ने कसले हो?’ त्यस्तै थापाले वर्तमा राजनीतिक गतिविधिमाथि व्यङ्ग्यसमेत गरेकी छन्। उनले लेखेकी छन्, ‘कि राजनीति भनेको नामको खेल मात्रै हो?’