सन्तोष लामाको ‘सफल्ताको ब्लुप्रिन्ट’ नामक पुस्तकको बजारमा


काठमाडौँ। मंसिर १० गतेका दिन उत्प्रेरक वक्ता सन्तोष लामाको ‘सफलताको ’ नामक पुस्तकको बिमोचन गरिएको छ।

लेखक स्वयंको सभापतित्व एवं सांसद बहादुरसिंह लामा प्रमुख अतिथि रहेको कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पोरेट ट्रेनर, रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, सुदिप बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यमबहादुर मल्लको उपस्थिति रहेको थियो।

त्यस्तै भीम कुसारी, रेडियो नेपालका सञ्चारकर्मी भरत बमजम, तरुण दलका नेता बिधान गुरुङ, म्युजिक डायरीका तुलसी गिरी ‘भाबुक’ लगायत पत्रकारहरुको समेत उपस्थिती रहेको थियो। यस कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेको थिए ।

उक्त कार्यक्रममा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेतले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सृजना अधिकारीले गरेकी थिईन्।

कार्यक्रममा प्रमुख अतिथी माननिय बहादुर सिंह लामाले शुभकामना दिदै यस पुस्तक सबैको लागी उपयोगी भएको र आफ्नो जीवनमा मेल खाएको, आफूले भोगेको कुरा समेटिएको जानकारी गराउँदै एकपटक सबैले उक्त पुस्तक अध्ययन गर्नसमेत अनुरोध गरेका थिए।