काठमाडौँ। बेवारिसे शवलाई दागबत्ती दिनेदेखि समाजमा दुःख भोगिरहेका मानिसहरुलाई सेवा गर्दै आएका १८ वर्षीया किशोरी सपना रोकामगर विश्वका १०० जना प्ररणाशाली र प्रतिभाशाली महिलाको सूचिमा परेकी छन्।
सोमबार बिबिसीले तयार पारेको सूचीमा नेपालबाट उनी मात्रै परेकी हुन् । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ।
बिबिसीले तयार पारेको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिनदेखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउने अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख सारा गिल्बडए पनि छिन्।
बिबिसीले प्रत्येक वर्ष विश्वको विभिन्न स्थानमा रहेको आफ्नो प्रसारण र तिनमा कार्यरत रिपोर्टरहरूको सहयोगको माध्यमले विश्वको प्रेरणादायी र प्रभावशाली एक सयजना महिलाको सूची तयार पार्ने गरेको छ।
त्यही सूचीमा म्याग्दीकी १८ वर्षीया सपना पनि समेटिएकी हुन्। सपनाले आफू सय उत्कृष्ट महिलाभित्र पर्दा खुसी तथा गौरन्वावित भएको एक भिडियो मार्फत बनाएकी छन्। साथै उनले जीवनबाट हारेकाहरुले जीवनको अर्थ बुझ्न अनुरोध गरेकी छन्। आफू पटकपटक आत्महत्या गर्नका लागि मृत्युको मुखमा पुगेको समेत खुलासा गरेकी छन्।
भिडियो हेनुहोस्