‘ओली-देउवाबीचको सत्ता प्रसँगको कुनै तुक छैन’


काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंंहले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्तालाई सत्ता समीकरणसँग जोड्नुको कुनै तुक नरहेको दाबी गरेका छन्।

सोमबार सत्य साई बाबाको ९५ओैं अवतरण दिवसको अवसरमा राजधानीको शंखमूलमा सत्य साई बाबा पार्कको उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफुहरु विपक्षीकै भूमिकामा रहने उनले बताए।

नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाकोपछि नलाग्नसमेत सिंहले आग्रह गरे। नेता सिंहले झन्डै दुई तिहाई नजिकको मत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए। आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारीका बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाई थियो।

रत्नपार्कको नाम परिर्वतन गर्न मिल्दैन

नेता सिंहले सरकारले गर्नुपर्ने काम केही नगरी संघीयताको मर्म र भावना बिपरित काम गरिरहेको बताए। सत्ताको आडमा आजिवन जनताको जनमत पाए जसरी पूराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरि कब्जाको शैलीमा आफ्नो दलका नेताहरुको नामाकरण गर्न थालेकोप्रति कडा टिप्पणी गर्दै ईतिहास मेटाउने काम नगर्न चेतावनी दिए।

नेता सिंहले राजधानीको शान्ति वाटिका नजिक रहेको रत्त्रपार्कको नाम परिर्वतन गर्न नहुने बताएका छन्। उक्त पार्क अतिक्रम गरे राम्रो नहुने कुराको स्मरण गराउँदै सत्ता ढलेपछिको परिस्थितीतमा के हुन्छ ? भन्दै प्रशन गरेका छन्।

आफूहरु सबैको ईतिहास र उपस्थितिलाई सम्मान गर्नुपर्छ भन्ने मान्यतामा राख्ने भएको सरकारले यसको ख्याल नगरी सत्ताको अहमता नदेखाउन आग्रह गरेका छन्।