हास्यकलाकार भारती सिंह र उनका श्रीमान पक्राउ


काठमाडौँ। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहलाई पक्राउ गरेको छ।

विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरे।

उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको बताइएको छ। एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन्।

एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको छ। आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए।

मुम्बईमा ड्रग्स मामिलामा एनसीबी निकै कडा देखिएको छ। केही दिन अघि एनसीबीले अर्जुन रामपालको घरमा छापामारी गरेर उनीसँग सोधपुछ गरेको थियो।