माधव नेपाल पक्षका नेता शाही भन्छन्, ‘हातमा दही जमाएर बस्दैनौं’


काठमाडौँ। नेकपाका स्थायी कमिटी सदस्य डा. सुरेन्द्र पाण्डेमाथि ओली समूहका युवाहरुको आक्रमणलाई लिएर चौतर्फि चर्चा भइरहेको छ।

यसै क्रममा नेकपाका कार्यकर्ताहरु पनि विभाजित बनेका छन्। प्रचण्ड-नेपाल पक्षका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मेघराज शाहीले हातमा हदी जमाएर नबस्ने चेतावनी दिएका छन्।

चितवनमा पार्टीले आयोजना गरेको कार्यक्रममा भाग लिन पुगेका नेता पाण्डेमाथि प्रधानमन्त्रीसमेत रहेका केपी ओली गुटका युवाहरुले होहल्ला गर्नुका साथै अभद्र ब्यबहार गरेपछि कार्यक्रमकै बीचबाट बाहिरिएका थिए।

यसै सन्दर्भमा नेता शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी पनि अब हातमा दही जमाएर बस्न सकिन्न। आदेश दिनुहोस्। पाता कस्न तयार छौं।’

यो पनि पढ्नुहोस्

पाण्डेमाथि ओली गुटका युवाहरुको आक्रमणको सन्देश