जम्मू–कश्मीरमा जैशका ४ चरमपन्थी मारिए


काठमाडौँ। जम्मू–कश्मीरको नगरौटामा सुरक्षा बल र चरमपन्थीबीच भएको मुठभेडमा चार चरमपन्थी मारिएका छन् भने एक सुरक्षाकर्मी घाइते भएका छन् ।

जम्मू–कश्मीर प्रहरीले यो जानकारी ट्वीटरमा दिएका छन्। प्रहरीका अनुसार बिहिबार बिहान टोन प्लाजा नजिकै भएको यो इन्काउन्टरमा प्रहरी, सिआरपीएफ र भारतीय सेना समावेश रहे।

एक समाचार च्यानलसँगको कुराकानीमा जम्मू–कश्मीरका डिजीपी दिलबाग सिंहले भने, ‘जहिले पनि जब यहाँ शान्ति देखिन्छ तब यसलाई भंग गर्नका लागि पाकिस्तानी एजेन्सीले यहाँ जैश–ए–मोहम्मद वा लश्कर–ए तैयबका आतंककारी पठाउँछन्। यी पाकिस्तान मूलका मानिसहरुले हुन्। यसपटक जैश–ए–मोहम्मदका आतंककारी पठाइएको थियो तर खुसीको कुरा के हो भने पाकिस्तानको अर्को एउटा कोसिस विफल रह्यो।

यी चरमपन्थी ट्रकमा सवार थिए र कश्मीर घाटीतर्फ जाँदै थिए। तर, जम्मूको नगरोटामा नै यो ट्रक समातियो। घटनापछि टोल प्लाजा नजिकैको इलाकामा सुरक्षा बढाइएको छ।