प्रचण्डको काउन्टरमा ओलीले पनि प्रस्ताव ल्याउने



काठमाडौँ। प्रधानमन्त्री तथा (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको ‘काउन्टर’ मा छुट्टै प्रस्ताव ल्याउने बताएका छन्।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको काउण्टमा आफूले पनि प्रस्ताव ल्याउने बताएका हुन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधामन्त्री ओलीले आगामी यहि मंसिर १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिएका छन्। सचिवालय बैठकमा यसअघि प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने प्रवक्ता श्रेष्ठको भनार्इ छ।

सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएपछि नेकपामा थप विवाद चर्किएको थियो। प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्तावसमेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए।

यस्तै बैठकले आगामी १८ गते स्थायी समिति बैठक बस्ने र १५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।