नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरी



काठमाडौँ। नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ।

मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो। शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो।

दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको छ। पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो।

ढाकास्थित बगबन्धु नेशनल स्टेडियममा भएको खेलमा प्रशिक्षक बाल गोपाल महर्जनले भरत खवासलाई पहिलो रोजाइमा खेलाउँदै कप्तानको जिम्मेवारी दिएका थिए । तर १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेपछि गोलकिपर किरण चेम्जोङले आर्मब्याण्ड लगाए।

पहिलो खेलमा डेब्यु गरेका तीन खेलाडी विकास खवास एरिक विष्ट र दर्शन गुरुङले दोस्रो खेलमा भने पहिलो रोजाइमै अवसर पाए। विकासले पहिलो खेलमा पहिलो रोजाइमै डेब्यै गर्दै पूरा खेलेका खेलेका थिए।

बेन्चबाट मैदान प्रवेश गरेका एरिक र दर्शनले भने दोस्रो खेलमा शरुदेखि नै खेले। यस्तै दोस्रो खेलमा थप ३ खेलाडीले डेब्यु गरे। डिफेण्डर छिरिङ गुरुङले पहिलो रोजाईमै डेब्य गर्दा मिडफिल्डरद्वय पुजन उपरकोटी, सेसेहाङ आङदेम्बेले बेन्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरे।

पुजन दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए। यस्तै सेसेहाङ ७२ औं मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए। नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीका कारण ८ महिनादेखि नेपाली खेलाडीले फुटबल खेलेका थिएनन्।