मानव फाउण्डेशनद्वारा कैदीबन्दीलाई फलफूल वितरण



जुम्ला। जिल्ला कारागार जुम्लामा रहेका कैदी–बन्दीलाई फलफूल वितरण गरिएको छ।

मानव फाउण्डेसनद्वारा करिब एक सय १९ जनालाई कारागारमै पुगेर फलफूल वितरण गरिएको मानव फाउण्डेसनका अध्यक्ष कान्तिका सेजुवालले बताईन्।

फाउण्डेसनमार्फत सामाजिक विकासमा टेवा पुर्याउने क्रममा यो तिहारमा कारागारमा पुगेर तिहारको शुभकामाना साथै विभिन्न कारणले जेलमा रहेका व्यक्तिहरुलाई दसैंतिहारमा न्यास्रो नहोस् भनेर त्यहाँ पुगेर शुभकामना आदान प्रदान गरिएको उनले बताइन्।

मानव फाउण्डेसन नेपाली कांग्रेसका तत्कालीन जुम्ला जिल्ला सभापति स्वर्गीय मानव सेजुवालको स्मृति र सम्मानमा स्थापना भएको सामाजिक संस्था हो। सेजुवालको करिब ७ वर्षअघि हवाइ दुर्घटनामा परी निधन भएको थियो।