रारामा हिमपात (फोटोसहित)



मुगु। कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ। मंसिरको १ गते अर्थात यो वर्षको भाई टिकाकै दिनबाट हिमपात सुरु भएको छ।

हिमपात सुरु भएसँगै जुम्ला, हुम्ला र मुगुको तापक्रम माइनस ७ डिग्री पुगेको छ। त्यस्तै अन्य जिल्लामा पर्ने हिम टाउराहरुमा हिमपात हुन थालेको स्थानीयले जानकारी दिएका छन्।

कर्णालीको चर्चित पर्यटकीय स्थल रारामा पनि हिमपात भएको छ। स्वर्गकी अप्सराका उपमाले चिनिने रारा हिउले छोपिएको छ।