जाडोयाममा पिउनुहोस् ५ ‘डिटक्स वाटर’



काठमाडौँ। जाडोयाममा खानपिनमा थुप्रै विकल्प उपलब्ध हुन्छन् जुन स्वास्थ्यका लागि फाइदाजनक पनि छन् । तर जाडोयाममा धेरै खाइने भएकोले हामी आफ्नो बढ्दै गरेको तौलमा ध्यान दिँदैनौं । त्यसैले हाम्रो शरीरको तौल गर्मीको तुलनामा तीब्र रुपमा बढ्छ । यदि तपाईं जाडोयाममा आफ्नो तौल कम राख्न चाहनुहुन्छ भने कहिले पनि स्वस्थ जीवनशैली अपनाउन नबिर्सिनुहोस्।

बिहान पिउने पेय पदार्थले हाम्रो तौलमा ठूलो असर पार्छ त्यसैले बिहान हामीले के पिउँछौं त्यसमा विशेष ध्यान दिन आवश्यक छ । यदि हामी बिहान स्वस्थ पेय पदार्थ पिउँछौं भने यसले हाम्रो पूरा शरीरलाई डिटक्स गर्न मद्दत गर्छ । यस्तै, यदि तपाईं बिहानै चिनी वा क्याफिन धेरै सेवन गर्नुहुन्छ भने यसले पक्कै पनि हाम्रो तौलमा असर गर्छ। आज हामी तपाईंलाई केही यस्ता डिटक्स वाटरबारे जानकारी दिँदैछौं जसले हाम्रो बढेको तौललाई नियन्त्रण गर्न मद्दत गर्छ।

जीरा पानी

जाडोयाममा तपाईंका लागि जिरा पानी असाध्यै राम्रो डिटक्स वाटर हुनसक्छ। जिरा पानी तयार गर्नका लागि १ गिलास पानीमा २ चम्चा जिरा राखेर रातभरी छोडिदिनुहोस् । बिहान यो पानीलाई छान्नुहोस् र यो पानीमा एक चम्चा कागतीको रस मिसाउनुहोस् । बिहान खाली पेटमा यो पानी पिउँदा तपाईंको पूरा शरीर डिटक्स हुन्छ । यसले तपाईंको शरीरको तौल कम गर्न निकै मद्दत गर्छ।

धनियाँ डिटक्स वाटर

थाइरोयडद्वारा ग्रसित मानिसहरुका लागि धनियाँको पानी निकै फाइदाजनक हुन्छ। अन्यले पनि चिसो मौसममा धनियाँको पानी पिउनसक्नुहुन्छ। यसका लागि तीन कम तातो पानी लिनुहोस्। यसमा तीन चम्चा धनियाँ मिसाउनुहोस्। यो पानीलाई रातभरी छोड्नुहोस्। बिहान पानी छानेर हल्का तताउनुहोस् र खाली पेटमा पिउनुहोस्। यो पानीले तपाईंको तौल निकै तीब्र रुपमा घटाउँछ। यसका साथै यदि तपाईं थायरोयडको बिरामी हुनुहुन्छ भने यसले थायरोइड नियन्त्रण गर्न पनि तपाईंलाई मद्दत गर्नसक्छ। वास्तवमा धनियामा आइरन, पोटासियम, क्याल्सियम, भिटामिन ए, के र फोलिक एसिडसहित थुप्रै यस्ता तत्व छन् जुन शरीरका लागि निकै फाइदाजनक छन्।

तुलसी र स्ट्रबेरीको पातबाट तयार गर्नुहोस् डिटक्स वाटर

तुलसीको पातलाई जाडोयाममा सेवन गर्दा रुघाखोकीको समस्याबाट जोगाउँछ । यो डिटक्स वाटर तयार गर्नका लागि एक गिलास पानी लिनुहोस् । यसमा तुलसी र स्ट्रबेरीका केही पात हाल्नुहोस् । यो पानीलाई केही बेरका लागि यत्तिकै छोडिदिनुहोस् । करिब एक दुई घण्टापछि यो पानी पिउनुहोस् । यो पानीले तपाईको तौल घटाउनमा मद्दत गर्नेछ । स्ट्रबेरीको पातमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र पोटासियमजस्ता थुप्रै पोषकतत्व पाइन्छ । यस्तै तुलसीको पातमा पनि भिटामिन ए, के आइरन, क्याल्सियम, म्यागनिजलगायतका तत्व भरपुर मात्रामा पाइन्छ । जसले तपाईंको तौल कम गर्न मद्दत गर्छ ।

अदुवा र पुदिनाको पातले तयार गर्नुहोस् डिटक्स वाटर

जाडोयाममा अदुवा तपाईंका लागि निकै फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन र मिनरल्सले चिसो मौसममा हुने समस्याबाट छुटकारा दिन मद्दत गर्छ। यो डिटक्स वाटर तयार गर्नका लागि १.५ गिलास ताजा पानीमा अदुवाको एउटा टुक्रा हाल्नुहोस्। यसमा पुदिनाको केही पात हालेर केही घण्टाका लागि छोड्नुहोस्। पछि यो पानी पिउनुहोस्, यदि पानी धेरै नै चिसो छ भने हल्का मनतातो पारेर पिउन सक्नुहुन्छ । यो तपाईंका लागि निकै असरदार हुन्छ।

ग्रीन टी र कागती

ग्रीन टी तौल कम गर्न निकै असरदार हुन्छ। यसमा एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्ट जसले जाडोयाममा हुने समस्याबाट जोगाउँछ। यस्तै कागतीमा बोसो कम गर्ने क्षमता हुन्छ। ग्रीन टी र कागतीबाट तयार गरिएको डिटक्स वाटरले तीब्र रुपमा घटाउन मद्दत गर्छ।