काठमाडौं। नेकपाका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता ठाकुर गैरेले मिलेर अघि बढ्नुको बिकल्प नरहेको स्मरण गराएका छन्।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेता गैरेले पछाडी फर्किने पुल भत्काई सकेको बताउदै अघि बढ्नुको बिकल्प नरहेको बताए। आइतबार सामाजिक सन्जाल फेसबुक मार्फत उक्त कुरा बताएका हुन्। उनले लेखेका छन्, ‘पछाडि फर्किने पुल भत्काइ सकेका छौ है। विकल्प एउटै छ, अगाडी बढने। एक्लै होइन मिलेर। अध्यारो भगाऔ, जगाउन उज्यालो।’
हाल पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच पत्रयुद्ध चर्चामा छ। मंसिर ३ गते तोकिएको सचिवालयको बैठकमा प्रचण्ड पक्षले लगाएका आरोपको सामना गर्ने या पदबाट राजिनामा दिने वा के गर्ने ? भन्नेमा ओली पक्ष तनावमा देखिन्छ। यता प्रचण्ड-माधव पक्ष ओलीलाई कुनै पनि हालतमा गलाएरै छोड्ने स्थितिमा देखिन्छ।