गौतमले भने, ‘प्रचण्डको मात्रै होइन, पाँचै जना नेताको प्रस्ताव हो’


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खबर प्राप्त भएको छ।

आइतबाको भेटमा उपाध्यक्ष गौतमले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा आफ्नो पनि सहमती रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्।

उपाध्यक्ष गौतमले बालुवाटार पुगेर प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। शुक्रबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रवृत्तिगत आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए।

प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमा केपी ओलीलाई ‘त्याग गर्न’ भन्दै घुमाउरो अर्थमा राजीनामा मागिएको छ। यो प्रस्तावमाथि मंसिर ३ मा बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची छ।

केपी ओली पक्षका नेताहरुले भने प्रचण्डद्वारा प्रस्तुत उक्त पार्टी एकताको भावना विपरीत आएको भन्दै सो प्रस्ताव फिर्ता लिन माग गरिरहेका छन्।