ट्रम्प, बाईडेन, जोनसनलगायतले दिए दिपावलीको शुभकामना


काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा शुभकामना दिएका छन्।

राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावलीसमेत गरेका छन्। ट्रम्पले आफुले दीप जलाइरहेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘ह्यापी दिपावली’ भनेका छन्। त्यस्तै अमेरिकाकै नवनिर्वाचि राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन्।

उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन्। बेलायतका प्रधानमन्त्री जोनसले ब्रिटिश हिन्दु, शिख र जैन धर्माबलम्बीहरुलाई दिपावलीको एकमुष्ट शुभकामना दिएका छन्। त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ लगायतका नेताहरुले पनि दिपावलीको शुभकामना दिएका छन्।