कोहलपुरमा तिहारको रौनक (फोटो फिचर)



कोहलपुर। हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारको रमझम सुरु भएसंगै यतिबेला कोहलपुर बजारमा रौनकता छाएको छ।

मुख्यगरी यहाँका न्युरोड, चप्परगौडी लगायतका पसलहरुमा आवश्यक सामान किनमेल गर्नेको भीड मात्रै होइन व्यापारीलाई समेत भ्याइ–नभ्याई छ।

अन्य दिनको तुलनामा शनिबार लक्ष्मीपूजाको दिन परेकाले तिहारका झिलिमिली बत्ति पूजाका सामग्रीहरू किन्नेको पसलमा निकै भिड देखिन्थ्यो। लत्ताकपडा, मिठाइ र चकलेट मात्रै होइन, तिहारमा बत्तीको व्यापार पनि उत्तिकै उच्च हुने गर्छ।

घर र कार्यालय साजसज्जाका लागि झिलिमिली बत्ती किन्न आउनेको लर्कोले व्यापारीलाई बेफूर्सदीमात्रै बनाएन उनीहरुको व्यापार पनि दोब्बर बढाएको पाइयो।

कोरोना महामारीले पहिलेको तुलनामा यसवर्ष तिहारको चहलपहल त्यति नभएपनी यहाँका घर, कार्यालय, होटल, बजार क्षेत्र सवैतिर झिलिमिली बत्तिको प्रकाशले तिहारको रौनक र उल्लास भने कम देखिंदैन।

तस्बिरमा हेर्नुहोस्ः

तस्बिर: दिपेन्द्र लामिछाने हमाल