कर्णालीमा हालसम्म कोरोनाबाट १७ जनाको निधन



सुर्खेत। कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशमा १७ जनाले ज्यान गुमाएका छन्।

शनिबार सुर्खेतमा एकजनाको उपचारका क्रममा मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो। वीरेन्द्रनगर नगरपालिका–८ का ८० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।

गत कात्तिक २३ मा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिएका उनको होम आइसोलेसनमा बसेका बेला श्वासप्रश्वासमा समस्या आएपछि २४ गते प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको थियो।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मृतक पुरुषको अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको र आकस्मिक तथा अन्य आवश्यक उपचार साथै अक्सिजन दिँदा पनि बचाउन नसकिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए। कर्णालीमा कोरोनाका कारणले १७ जनाले ज्यान गुमाएका छन्।