काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न अचानक शीतलनिवास पुगेका छन्।
शनिबार साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्। ओलीसहित उनीपक्षीय अरु केही नेताहरुसमेत शीतल निवास पुगेको विस्वस्त स्रोतले जानकारी दिएको छ।
पार्टीमा खटपट र विवाद हुनेवित्तिकै ओली शीतल निवास जाने क्रमलाई यसपालि पनि जारी राखेका छन्। राष्ट्पति भण्डारी पनि नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आएकी छन्। प्रधानमन्त्री ओलीले शीतल निवासको सदासयाता र आसक्त चाँसो पाउँदै आएका छन्।
स्वतन्त्र र राष्ट्रको अभिभावकका रुपमा रहेको राष्ट्रपति पदको दुरपयोग गरेको भन्दै भण्डारीको आसक्त भूमिकाको चर्को विरोध हुने गरेको छ। तर, भण्डारीले विरोधको कुनै प्रतिक्रिया जनाएकी छैनन। नेकपामा सचिवालय बैठक राख्न नमानेका ओली र बैठकको माग गर्ने प्रचण्डसहितका नेताहरुबीच केही समयदेखि विवाद देखिएको थियो।
त्यसपछि ओली कार्तिक २८ गते शुक्रबार सचिवालय बैठक बोलाउन सहमत भएका थिए। सो दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ नेताले पेश गरेको प्रस्ताव फिर्ता गर्न ओली पक्षीय नेताहरु दवाव दिइरहेका छन्।