गोविन्द केसीको उपचार सरकारले गर्ने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित प्रा.डा.गोविन्द केसीको उपचार खर्च सरकारले ब्यहोर्ने बताएका छन्।

साथै ओलीले केसीको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

शनिबार प्रधानमन्त्री अ‍ोलीले सामाजिक सन्जाल ट्वीटरमार्फत अभियन्ता डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन्।

डा.केसीले ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए। शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ। उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ।