पाकिस्तानी सेनाको आक्रमणमा परेर ११ जना भारतीयको मृत्यु



काठमाडौँ। पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो। जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ।

बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृत्यु भएको छ । दैनिक भास्करका अनुसार अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । झडपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृत्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।