कर्नाली जडिबुटी प्रशोधन उद्योगको कार्यालय सुर्खेतमा विस्तार



सुर्खेत। कर्णालीका हिमाली तथा पहाडी जिल्लामा पाइने जडीबुटीको संकलन तथा प्रशोधनका लागि सुर्खेतमा कार्यालय खोलिएको छ।

पहाडी तथा हिमाली जडीबुटीजन्य समान उत्पादन गरी रहेको कर्णाली जडीबुटी प्रशोधन उद्योगको कर्णाली प्रदेश सरकारका उद्योग मन्त्री नन्दबहादु बुढाले सुर्खेतमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। उद्योगको मुख्य कार्यालय कालिकोटमा रहेको छ।

मन्त्री बुढाले कर्णाली प्रदेश सरकार स्थानीय जडीबुटीबाट उत्पादन गरेको सामानहरुको प्राथमिकताको साथ प्रवद्र्धनसँगै क्षमता अभिवृद्धिमा लागि परेको बताए। उनले भने, ‘भयो कर्णालीको स्रोत र सम्भावनाको अध्ययन मन्त्रालयले गरिरहेको छ। अब आउने निष्कर्षसँगै कर्णालीको पर्यटन, उद्योग क्षेत्रले नयाँ उचाईले लिनेछ।’

कार्यक्रममा मन्त्री बुढाले प्रदेश सरकारलाई केन्द्र सरकारले असहयोग गरेको बताएका छन्। त्यस्तै युवा गैसस महासंघका केन्द्रीय अध्यक्ष नारायण गिरीले युवा उद्यमसँगै रोजगारी जोडिएकाले सरकारी र नीजि क्षेत्र सहकार्य गरेर स्थानीय उत्पादनसँगै र स्वरोजगारी बढाउनु पर्नेमा जोड दिए। यसै गरी महिला उद्यमी एवं उद्यगोगकी बजार व्यवस्थापक विष्णा सिंह, सरस्वती रोकाया, पुर्णवहादुर शाही, अविलाल संज्याललगायतले कर्नाली जडीबुटी प्रशोधन उद्योगले गरेको क्षेत्र विस्तार सकारात्मक प्रयास भनेका छन्।

कार्यक्रममा उद्योगका अध्यक्ष अजबहादुर गिरीले आफ्नो वर्षौको अनुभवले उत्पादन गरिए पनि अपेक्षाअनुसारको सरकाले सहयोगसमेत नगरेको गुनासो गरे। आफ्नै लगानीमा जडीबुटी चुर्ण, चिया, सिस्नो धुलो, मसला लगायत १० प्रकारका उत्पादन बजारमा पठाएउँदै आएको बताउदै कोरोना प्रतिरोधात्मक औषधी कोरोना चुर्ण अहिले बजारमा खपत बढी रहेको बताए।

अभिभारा पत्रिकाको प्रकाशन कार्यालय सञ्चालनमा

कालिकोट जिल्लावाट १८ वर्ष देखी प्रकासन भईरहेको अभिभारा राष्ट्रिय साप्ताहिक पत्रिकाको नयाँ व्यवस्थापन समितिले उद्योग परिसरमा पत्रिकाको प्रकासन कार्यलय संचालनमा ल्याएको छ।

यसले कर्नालीको दशवटै जिल्लामा पत्रिका सहज पुर्याउने व्यवस्था गर्ने अभिभारा ग्रुपका व्यवस्थापक हुकुम शाहीले बताउनु भएको छ। अभिभाराले चौविसै घण्टा खुला रहने गरी ९८४८३०५०४८ हट लाईन सूचना रेकर्ड सेवा पनि स्थापना गरेको जनाईएको छ।