कोहलपुर। नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसर कोहलपुर बजारमा चहलपहल बढ्न थालेको छ। मुख्य व्यापारीक केन्द्र कोहलपुर बजार, न्युरोड, चप्परगौडी लगायतका पसलहरुमा तिहारका लागि आवश्यक सामान किनमेलका लागि सजावटका साथ राखिएका छ्न्।
व्यापारीका अनुसार पछिल्लो केही दिन यता सामान खरिदका लागि आउने ग्राहकहरुको संख्या पनि बढ्दै गएको छ। तिहारमा विशेषगरि फूल, भाइमसला, रङ र झिलिमिलि बत्तीको कारोबार अत्याधिक हुने गर्दछ।
तिहारका झिलिमिली बत्ती र फूलमाला किन्ने पसलहरूमा उपभोक्ताहरु अत्याधिक संख्यामा देखिन्छन्। किराना पसलहरुमा समेत उपभोक्ता त्यतिकै पुगेका छन्।
तर, कोरोना महामारीका कारण पहिलेको तुलनामा यसपटक बजारमा उपभोक्ताको भिड बाक्लो रूपमा देखिंदैन। यसपटक भारतीय बजारबाट आयात हुने सामानहरूको समेत बजारमा अभाव देखिन्छ।
तस्बिर हेर्नुहोस्
तस्बीर: दिपेन्द्र लामिछाने हमाल