शैक्षिक अभियानकर्मी बिष्टको पशुपतिमा अन्त्यष्टि


काठमाडौँ। कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको निधन भएको छ।

६८ वर्षीय उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडाैँमा उपचारका क्रममा शुक्रबारबार बिहान निधन भएको छोरा रोहनले जानकारी दिएका छन्। उनका अनुसार बिष्टको शुक्रबारै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ।

नरहरिनाथ गाउँपालिका–८ लालु स्थायी घर भएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गराउनुका साथै शिक्षा क्षेत्रमा क्रियाशील थिए।