कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु


कालिकोट। पृथ्वी रक्तदान वीर फाउन्डेसनद्वारा सञ्चालित क.प्र.०२ ००१ च ०१९२ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

विहिबार राति जिल्लाको खाँडाचक्र नगरपालिका अन्तर्गत चौखोलामा बिरामी छोडेर सदरमुकाम फर्किंदै गर्दा सेराबाडामा एम्बुलेन्स दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी चालक खगेन्द्र शाहीको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स सडकभन्दा करिब ३०० मिटर तल तिलानदीमा खसेको प्रहरीले जानकारी दिएको छ।