बैतडीमा बस दुर्घटना: ९ जनाको ज्यान गयो


काठमाडौँ। बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

जिल्लाको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको ज्यान जानुका साथै ३४ जना घाइते भएका छन्। बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर भीरबाट खसेको थियो।

उक्त दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।