मुगु। कोरोनाका कारणले सुनसान प्राय बनेको मुगुमा अवस्थित प्रसिद्ध पर्यटकीयस्थल रारा तालमा आन्तरिक पर्यटकको संख्या बढेको छ।
दशैं तिहारमा बिदा परेका कारण रारा हेर्न जानेको संख्या बढेको बताईन्छ। रारामा दशैं तिहारबीचमा आन्तरिक पर्यटकको संख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सिनियर ग्याम स्काउट राजकुमार न्यैपानेले बताउछन्।
भिडियो हेर्नुहोस्
न्यौपानेका अनुसार हिउँदमा हिउँ परेर सडक मार्गबाट रारा आउन अलि अफ्टेरो पर्ने हुँदा असोज कार्तिकमा सडक मार्गबाट रारा घुम्न आउने उत्तम समय रहेकोले पनि आजकाल पर्यटक बढेको बुझाइ छ।
कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक दुई सय जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेका निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए। रारा घुम्न आउने पर्यटकका कारण कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको बढेको छ।