सम्बध बिच्छेदका घटना बढे



दोलखा। दोलखामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिन्छ।

गत वर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना बढेर १९ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७६/०७७ मा पुरुषबाट ४७ र महिलाबाट ५५ मुद्दा जिल्ला अदालत दोलखामा दर्ता भएका थिए।

यसमध्ये गतवर्षको जिम्मेवारी सरी आएको ५५ गरी कुल एक सय ५७ मुद्दा भएकामा ८९ थान मुद्दाको फैसला भैइसकेको र बाँकी ६८ मुद्दालाई विचाराधीन रहेको अदालतका स्रेस्तेदार सुमनप्रसाद कुसवाहाले जानकारी दिए।

संविधानको मौलिक हकमा महिला र पुरुषलाई समान हक प्रदान गरिएकाले दुवैले मुद्दा दायर गर्न पाउनेछन्। अहिले देवानीसंहिताको परिच्छेद ३ को दफा ९४ मा पुरुषले र दफा ९५ मा महिलाले सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने अधिकार उल्लेख गरिएको छ। नयाँ व्यवस्थापछि मुद्दा बढेको पाइएको छ।