काठमाडौँ। सामाजिक सेवामा क्रियाशील संस्या हेम एण्ड माया फाउण्डेशन, नेपालको नयाँ कार्यसमिति गठन गरिएको छ।
बिहिबार केन्द्रीय कार्यसमितिमा प्रत्येक प्रदेशबाट एक-एक जना सदस्य जोडिएका छन्। विशुद्ध गैरनाफमुलक सामाजिक संस्थाका रुपमा परिचय बनाएको उक्त फाउण्डनको केन्द्रीय कार्यसमितिको अध्यक्षमा हेम थापा रहेका छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेश नेपाल, उपाध्यक्षमा पवित्रा गौतम र शोभा गुरुङलाई चयन गरिएको छ। संस्थाको केन्द्रीय सचिवमा सुरेन्द्र शर्मा, कोषाध्यक्षमा जमुना राई, सह-सचिवमा कामना प्रसाईं र र्सिजना पौडेल रहेकी छन्।
त्यस्तै सदस्यहरुमा र्सिजना गुरुङ, देवी खरेल, राजन बिष्ट, शन्तोष राई, तुलशी कोइराला, मेनुका अधिकरी, कृष्ण तामाङ, शुवास बाबु, गणेश भण्डारी, भुवन जोशी, अमित भण्डारी, पुनम गुरुङ, मन्जु धमला, कलमबहादुर साउद, सन्ध्या भेटवाल, निर्मला रिजाल र वृर्जीत बोहरा छन्।
त्यस्तै संस्थाको सल्लाहकार समिति र संयोजक समितिसमेत गठन गरिएको अध्यक्ष हेम थापाले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। अध्यक्ष थापाका अनुसार सल्लाहकार समितिमा गिता देवी, कृष्ण थापा, रिजन खड्का, भक्तराज थापा (अपिल), अनु खड्का, राधे श्याम खड्खा, मिना चौलागाईं, लालप्रसाद फुयाँल, नवराज केसी, जितु खड्का रहेका छन्।
संस्थाको संयोजक समितिमा माया थापा, रेखा थापा, विश्वाराज पोखरेल, झकिन्द्र खतिवाडा, बब्लु गुप्ता रहेका छन्। त्यस्तै प्रदेश संयोजकमा प्रदेश नम्बर १ मा कृष्ण नीरौला, प्रदेश नम्बर २ मा शशिकान्त चौधरी, बागमती प्रदेशमा विनु तामाङ, गण्डकी प्रदेश मैना रेग्मी, लुम्बिनी प्रदेशमा नारायण केसी, कर्णाली प्रदेशमा सुदिव राउत र सुदूरपश्चिम प्रदेशको संयोजकमा कृष्णबहादुर साउद रहेका छन्।
फाउण्डेशले नेपाल र नेपालीहरुको बाहेक भारतका केही विपन्न बालबालिकाहरुको शिक्षा दिक्षाको जिम्मेवारीका साथै भइपरि आउने सुख दुःखमा ६ करोडभन्दा बढी सहयोग गरिसकेको छ।