चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने



काठमाडौँ। कोरोना संक्रमणबाट सिकिस्त बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अध्यक्ष केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन्। बुधबार कोरोना संक्रमण पुष्टि भएका ८० वर्षीय केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

निमोनिया देखिएका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीको लामो समय उपचार गर्नुपर्ने देखिएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिएका छन्।