‘चिलगाडी’ फिल्ममा कालीप्रसादको संगीत


काठमाडौँ। सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्न लागेको फिल्म ‘चिलगाडी’मा कालीप्रसाद बास्कोटाको संगित रहने भएको छ।

पारी त्यो डाँडामा, निरा जहिले रिसाउने, साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार बास्कोटालाई फिल्मको संगीतका लागि अनुबन्धित गरेको निर्माता सापकोटाले जानकारी दिए । काली प्रसादले फिल्मका लागि उत्कृस्ट गीत बनाउने निर्माण टिमले बिस्वाश लिएको छ।

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्ममा नाजिरको अपोजिट नायिकाको लागि चयन हुन बाँकी रहेको छ। सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ले युवापुस्ताको कथामा समेट्न लागेको छ।

फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् भने फिल्मलाई जनकदिप पराजुलीले निर्देशन गर्देछन् । अगामि फागुनबाट फ्लोरमा जाने बताइएको फिल्म नयाँ बर्षको दशैमा रिलिज हुनेछ।