कालिकोट। कालिकोटमा विभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेशको लहर चलेको छ।
कांग्रेसका युवा नेता एवं कालिकोटमा सांसदका प्रत्यासी रहिसकेका भुपेन्द्र जंग शाही लगायतका नेताहरुले आज साबिक भर्ता गाबिसमा साढे २ सयलाई कांग्रेस प्रवेश गराएका हुन्। शुभकामना गाउँपालिका १ देखि ९ वडामा नेकपा परित्याग गरि २५० जना काङ्ग्रेस प्रवेश गरेका छन्।
शाही केही समययता संगठन विस्तारका लागि कालिकोटका गाउँ गाउँ पुगिरहेका छन्। उनले नवप्रवेशीलाई स्वागत गर्दै अरू पार्टीले गफ गर्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने बताए । देशको समृद्धि र कालिकोटको विकासका लागि पनि कांग्रेसको जित अपरिहार्य रहेको उनको भनाई थियो।