कार्तिक २७ गते बैठक बोलाउन ओलीलाई प्रचण्ड पक्षका नेताको माग



काठमाडौँ। नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका पाँच जना नेतहरुले कार्तिक २७ गते सचिवालयको बैठक डाक्न अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पाँच जना सचिवालय सदस्यहरु, प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको उपस्थितिमा बसेको बैठकले पार्टी एकतालाई बचाउन सबैले विवेक प्रयोग गर्न आग्रह गरेको छ।

अनौपचारिक रुपमा बसेको उक्त बैठकले ओलीबाट २७ गते बैठक बस्ने आशा गरिएको छ। यसअघि पाँच जना नेताहरुले तत्काल सचिवालयको बैठक बोलाउन लिखित रुपमा पत्र बुझाएका थिए।

ओलीले बैठक बोलानउ र समस्या समाधानको लागि कुनै कदम नचालेपछि पुन: प्रचण्ड-नेपाल पक्षका नेताहरु भेला भएर कार्तिक २७ गते बैठक बोलाउन माग गरेका छन्।

पार्टीको समस्यासहित, हालै भारतीय अधिकारीहरुको भ्रमण, कर्णाली प्रदेश सरकारको विषयका बारेमा पनि आगामी सचिवालयको बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।