सुर्खेत। स्थानीय जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीलाई दृष्टिगत गर्दै तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दे तिहारमा खेलीने देउसी भैलो र अन्य भेलाहरु नगर्न अनुरोध गरेको छ। साथै बेलुका ७ बजे भन्दा पछाडी अत्यावसेक बाहेक व्यापार व्यवसाय, सवारी साधानहरु (लामो दुरी बाहेक) संचालन गर्न पाईने छैन। यसैगरी आतिजबाजी पटकाहरुसमेत किनबेच र प्रयोग गर्न नपाईने प्रशासकीय अधिकृत श्रीसम्सेर राना मगरले जानकारी दिएका छन्।
कोरोना संक्रमणबाट जोखीम कायम गरेकाले २ मिटरको सामाजिक दुरी कायम गर्नसमेत प्रशासनले अनुरोध गरेको छ। उल्लेखीत कार्यको उलंघन गरेमा संक्रमण रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।