दैलेख सदरमुकाममा अप्टिकल फाइबर विस्तार



दैलेख। नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तरगत दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा टेलिफोन र इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबर विस्तार गरिएको छ।

गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको जनाइएको छ। पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका बनेको छ।

यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ। नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ।