चिसापानी। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने देशको एकमात्र मुख्य महेन्द्र राजमार्गमा पर्ने कैलालीको चिसापानी–सुखड सडक खण्ड पछिल्लो समय मृत्युमार्ग बन्दै गएको छ।
सुन्दर सुन्दूरपश्चिमको अभिभारा बोकेको सुदुरपश्चिमकै मुख्य पर्यटकीय गन्तव्य र प्रमुख प्रवेशद्वारका रुपमा रहेको चिसापानीदेखि अत्तरियासम्मको सडकखण्ड लामो समयदेखि मर्मत नहुँदा थुप्रै सानाठूला खाडल बनेका छन्।
केही स्थानमा माटोले खाडल पुरेर झारा टार्ने र बजेट सक्ने नियतले गरिएको मर्मतले जनतालाई धुलो धुवाँ खुवाउने र रोगी बनाउने काम मात्रै गरेको देखिन्छ। मुख्य सडकको यो दुर्दशाले यात्रुलाई त समस्या पारेकै छ, त्यस्तै एम्बुलेन्स र बिरामीलाई झनै ठूलो दुःख र सास्ती हुने गरेको छ।
दैनिक हजारौं यात्रु आवतजावत गर्ने मुख्य राजमार्गको यस्तो हालतमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयबासीले आरोप लगाएका छन्।
तस्बिरहरु