कर्मचारिको जोखिम भत्ता उपलब्ध गराउन माग



जुम्ला। विश्व रेडियोलोगिकल डे को अवसरमा नेपाल रेडियोलोजि सोसाइटी कर्णाली प्रदेशले प्रदेशभित्र एक्स्रेमा खटिने कर्मचारिको जोखिम भत्ता उपलब्ध गराउन एक बिज्ञप्ति जारी गरेको छ।

सोसाइटिले नेपाल सरकार मन्त्री परिषद को जोखिम भत्ता निर्देशिका २०७२ को दफा ५ (क) बमोजिम सुरु स्केलको २५ प्रतिशत जोखिम भत्ता सम्बन्धित कार्यालयकै बिनियोजित बजेटबाट खर्च ब्यबस्थापन गरि उपलब्ध गराउने गरि मन्त्री परिषदले निणय गरेको भन्दै उक्त निणय कार्यान्वयन गराउन सम्बन्धित अस्पताल स्वास्थय चौकिलाई अनुरोध गरेको छ।

सोसाइटिले उक्त निणय एक हप्ताभित्र कार्यान्वयन नभए अन्य आन्दोलनका कार्यक्रम घोशणा गरिने बिग्यप्तिमा उल्लेख छ।

संयोजक मकर हमाल र सचिव भुपेन्द्र बहादुर शाहीको हस्ताक्षरित बिज्ञप्तिमा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा रेडियोलोजि डिपार्ट्मेन्ट्मा कार्यरत रेडियोग्राफर पंकज यादबको कोरोना भाइरसका करण निधन भएकोप्रती श्रदान्जली ब्यक्त गरेको छ।

सोसाइटिले कणाली प्रदेशका १० वटै जिल्लामा उक्त बिग्यप्ति पठाउन खोजिएता पनि हुम्ला र डोल्पामा भने पठाउन नसकिएको संयोजक मकर हमालले बताए।